वि.सं:
नेपाल संवत: ११४६ थिंलागा नवमी - २४
कार्यालयको परिचय
मोरङ जिल्ला विराटनगर महानगरपालिका वडा नं. ७ स्थित जलश्रोत तथा सिँचाइ विकास डिभिजन मोरङको स्थापना नेपाल सरकारको मिति २०७६/०२/२३ गतेको निर्णयानुसार साबिकको सिँचाइ विकास डिभिजन मोरङ र जल स्रोत प्रवर्धन केन्द्र मोरङ एकिकृत गरी गरिएको हो । साबिकको सिँचाइ पुर्वाधार विकास मन्त्रालयको मातहतमा रही आएकोमा सो निर्णय अनुसार मिति २०७६/१०/०६ को निर्णयबाट खानेपानी सिँचाइ तथा ऊर्जा मन्त्रालयको स्थापना भएसंगै सोही मन्त्रालयको मातहतमा रहेको छ ।
कार्यालय स्थापना को उद्देश्य
नेपाल सरकारले कल्पना गरे अनुसार मोरङ जिल्ला भित्र सिँचाइ तथा जल उत्पादन स्रोत व्यवस्थापन सम्बन्धी अध्ययन, अनुसन्धान, गुरुयोजना, योजना तथा आयोजना निर्माण, कार्यान्वयन, संचालन मर्मत सम्भार सम्वन्ध तथा आकस्मिक बाढी पहिरो तथा नदी कटान रोकथाम गर्दै मोरङ जिल्लावासीको आर्थिक सामाजिक जीवनस्तरमा सुधार गरी सुखी र समृद्ध मोरङ जिल्लाको आधारशिला तयार गर्दै रहेको छ ।